खगेन्द्र पराजुली,
नवलपुर, मंसिर १३ ।
चितवनको योङब्वाईज प्रथम देवचुली गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।बिहीबार भएको पहिलो क्वाटर फाइनलमा सेन्ट्रल कलेज रड्स रामपुरसँग खेलेको योङब्वाईजले २-० गोल अन्तरले जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।
योङ ब्वाइजको जितमा सिमांशु थापा र समीर श्रेष्ठले १-१ गोलको योगदान गरे ।
बिहीबारको म्यान अफ द म्याच योङ ब्वाइजका समीर श्रेष्ठ भए ।
शुक्रबार सेमीफाइनल प्रवेश लक्ष्यका साथ अभिषेक चर्च रजहर र देशभक्त फुटबल क्लव खेल्नेछन् । अभिषेकले नवलपुर ११ सँगको प्रतिस्पर्धा जितेर आएको हो भने देशभक्त बाईमा परेकाले पहिलो प्रदर्शन गर्नेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद तथा उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।