खगेन्द्र पराजुली,
नवलपुर, मंसिर १६ ।
अभिषेक चर्च रजहर देवचली गोल्डकपको फाइनलमा पुगेको छ । मंगलबार देवचुली १० पृथ्वीनगरस्थित नगर रंगशालामा भएको प्रतिस्पर्धामा कावासोतीको सेन्टर कलेज २८ विघालाई ट्राईब्रेकरमा हराउँदै अभिषेक चर्च फाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवैतर्फबाट २–२ गोलको बराबरी भएपछि मंगलबारको सेमिफाइनल ट्राइब्रेकरमा धकेलिएको हो ।
दुबैतर्फका ५–५ खेलाडीले ट्राईब्रेकरमा बल हानेका थिए । अभिषेक चर्चका एक खेलाडीले प्रहार गरेको बल २८ विगाहाका गोलकिपरले रोक्न सफल भए पनि जित निकाल्न भने २८ विगाहा चुक्यो । अभिषेक चर्चको जितका २८ विगाहाका २ खेलाडीले बाहिर हानेको बल नै अभिषेकको जितका लागि निर्णायक बन्यो ।
७० मिनेट खेलाईएको खेलमा अभिषेक चर्चका खेलाडी सुजित बुढाथोकी एक्लैले २ गोल गरेका थिए भने २८ विगाहाका लागि आदित्य शाक्यले एक गोल गर्दा उपहारस्वस्प पाएको आत्मघाती गोल २८ विगाहाको खातामा थपिएको हो ।
मंगलबार भएको पहिलो सेमिफाइनलको मेन अफ द म्याच अभिषेक चर्चका सुजित बुढाथोकी म्यान अफ द म्याच भए ।
बुधबार हुने अन्तिम सेमीफाइनल गैंडाकोट एफसी र चितवनको योङब्वाइजबीच हुनेछ । बुधबार जित्ने क्लव र अभिषेक चर्च मंसिर २२ गतेको फाइनलमा भेट हुनेछन् ।
नवलपुरकै दोस्रो ठूलो तथा देवचुली नगरपालिकामा सर्वाधिक राशीको पुरस्कार रहेको प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमका लागि क्रमशः २ लाख ७५ हजार र १ लाख ५० हजार रुपैंया पुरस्कार रहेको छ भने सेमीफाइनलमै रोकिएका दुई टीमका लागि २५–२५ हजार नगद पुरस्कार रहेको छ ।
सेमीफाइनलबाट बाहिरिएको सेन्ट्रल कलेज २८ विगाहाले मंगलबारै पुरस्कार ग्रहण गर्यो ।
देवचुली १० पृथ्वीनगरको शान्तिदीप युवा क्लवको आयोजनामा पृथ्वीनगरस्थित नगर रंगशालामा मंसिर ७ गतेदेखि पहिलो संस्करणको देवचुली गोल्डकप जारी छ ।
फाइनल प्रवेश गरेको अभिषेक चर्चका टीम क्याप्टेन शुशिल यादबले २२ गते हुने फाइनलमा शुभेच्छुकहरु उपस्थित भएर खेलाडीको हौसला बढाइदिन आग्रह गरेका छन् ।