गैडाकोट एफसीले उचाल्यो प्रथम देवचुली गोल्डकपको शिल्ड

0 Shares

खगेन्द्र पराजुली,
नवलपुर, मंसिर २२ ।  गैंडाकोट फुटबल क्लवले प्रथम देवचुली गोल्डकपको उपाधि जितेको छ । अभिषेक चर्च रहजरलाई १–० अन्तरले हराउँदै गैंडाकोट प्रथम हुन सफल भयो । शनिवार देवचुली १० पृथ्वीनगरस्थित नगरंगशालामा सम्पन्न प्रतिस्पर्धामा गैंडाकोटका खेलाडी अजित लामाले गोल गरे ।
खेल शुरु भएको चौथो मिनेटमै भएको गोल गैडाकोट एफसीका लागि निर्णायक बन्न पुग्यो ।
अभिषेकका लागि गोल गर्ने थुप्रै अवसर मिलेपनि चर्चले फाइनलमा गोल गर्न सकेन ।
सेमीफाइनलमा २८ विगाहालाई ट्राइव्रेकरमा हराउँदै फाइनल प्रवेश खेलेको अभिषेक चर्चले दोस्रो भएर १ लाख ५० हजार पुरस्कार राशीमा चित्त बुझायो ।

उता, चितवन योङब्वाइजसँगको सेमीफाइनल प्रतिस्पर्धामा वार्क ओभरको निर्णय अुनसार फाइनल प्रवेशको अवसर पाएको गैंडाकोटले पहिलो देवचुली गोल्डकपको शिल्ड उचालेर इतिहास रच्न सफल भयो ।

नवलपुर चितवन र नवलपरासीका १४ वटा चर्चित फुटबल क्लव सहभागी रहेको गोल्डकपमा गैंडाकोटले प्रथम पुरस्कार राशी २ लाख ७५ हजार हात पार्यो । समापन खेल तथा समारोहका प्रमुख अतिथि देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्मा लगायतले पुरस्कार हस्तान्तरण गरे ।
शान्तिदीप युवा क्लवको आयोजनामा पृथ्वीनगर रगशालामा मंसिर ७ गतेदेृखि सञ्चालित प्रथम देवचुली गोल्डकपमा सेमीफाइनल पुगेर रोकिएका २८ विगाहा र योङब्वाइजले २५–२५ हजार पाएका छन् ।
प्रतियोगिता अवधिभर दैनिक एक खेलाडी म्यान अफ द म्याचका रुपमा १ हजार रुपैंयाले पुरस्कृत भएका छन् । अन्तिम खेलमा गैंडाकोट एफसीका राम वजी म्यान अफ द म्याच बने ।
यस्तै, प्रतियोगिता अवधिभर ४ गोल गरेका अभिषेक चर्चका सुजित बुढाथोकी सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत हुँदा गैंडाकोट एफसीका पुरन भटराई उत्कृष्ट खेलाडी घोषित भए । अभिषेक चर्चका अनुप राना उत्कृष्ट गोलकिपर बने ।
उनीहरु ५–५ हजार रुपैंयाले पुरस्कृत भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप