0
Shares
मंसिर २५, कावासोती ।
कावासोतीमा अटो दुर्घटना हुँदा चालकको ज्यान गएको छ । स्टार्ट गर्न लागेको आफ्नै ना ३ स १९७ नं. को अटो दुर्घटनामा परेका चालक अशोककुमार श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार कावासोती २ बेलचोकका बल बहादुर लुङ्गेलीको घरको भित्तामा अटो ठोक्किएको हो । अटो लुङ्गेलीकै घर अगाडी रोकिएको थियो । स्टार्ट गर्ने क्रममा चालकले नियन्त्रण गर्न नसक्दा अटो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा मध्यविन्दु जिल्ला अस्पताल पुर्याईएका श्रेष्ठलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाईएको थियो । उपचारका क्रममा अस्पतालमा ज्यान गुमाएका २८ वर्षीय श्रेष्ठ अर्घाखाँचीका भएपनि कावासोती बस्दै आएका थिए ।