खगेन्द्र पराजुली,
मंसिर ३०, देवचुली । देवचुली ११ को सूर्यकिरण खेल मैदानमा हुने फुटवल प्रतियोगिताको उद्घाटन खेल देवचुली ९ र १६ बीच हुनेछ । सोमबारदेखि शुरु हुने सातौं वडास्तरीय नकआउट फुटवल प्रतियोगिता पुस १५ मा समापन हुने आयोजक पृथ्वी समाज सेवा क्लवले जनाएको छ ।
क्लवको ३१ औं वार्षिकोत्सवको अवसरमा स्वर्गीय रामबीर पुलामीको स्मृतिमा वडास्तरीय फुटवल प्रतियोगिता सञ्चालन गरिएको क्लवका अध्यक्ष बुद्धिबहादुर लुंगेलीले बताए ।
नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो परस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजककले जनाएको छ ।
स्थानीय स्तरका प्रतिभावान् खेलाडी पहिचान गर्न र उदियमान् खेलाडीको क्षमता वृद्धिमा महत्वपूर्ण अर्थ राख्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको खेल संयोजक जसबहादुर लुङ्गेलीले बताए ।
प्रतियेगितामा देवचुली नगरपालिकाभित्रका वडाहरुबाट प्रतिनिधित्व गर्दै १६ टीमले सहभागिता जनाएका छन् । दुई पोलमा विभाजन गरी बनेको खेल तालिका टाइसिटको आधारमा प्रतियोगिता सञ्चालन गरिने खेल संयोजक लुङुगेलीले जानकारी दिए ।
सोमबार दिउँसो ३ बजे देवचुली ९ र १६ बीच पहिलो उद्घाटन खेल हुने पनि आयोजकले जनाएको छ ।