सिजी मोटर्सको हीरो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर बजारमा

0 Shares

खगेन्द्र पराजुली
पुस ४ नवलपुर । मोटरसाइकलका राइडरहरुका लागि सिजी मोटर्स हिरो मोटोकर्पले दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्दै बजारमा ल्याएको छ । विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माता हीरो मोटोकर्पले एक्स्ट्रीम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको हो ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा बिश्वस्त रहेको सिजी मोटर्स प्रालि का एरिया सेल्स मेनेजर सुमितमान श्रेष्ठले बताए ।
बुधबार कावासोतीस्थित हीरोको आधिकारिक विक्रेता मध्यविन्दु सेल्स एण्ड अटो सर्भिसको शोरुममा मोटरसाइकलको बिशेषता र राइडरहरुको आकर्षणका बारेमा कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिए ।
कावासोतीका लागि हिरोको शोरुम सञ्चालन गरेका पदम तिवारीले एक्स्ट्रिम मोटरसाइकलले शहरी यात्री तथा एड्भेन्चर गर्न मन पराउने दुवै खालका राइडरको आवश्यकतालाई सम्बोधन गर्नेमा बिश्वस्त रहेको बताए ।
कम्पनीले दुवै मोडलका बाइक मंसिर २७ गते सार्वजनिक गरेलगत्तै बुधबार देशैभरका आधिकारिक विक्रेतामार्फत एकैसाथ विक्री सहित बजारमा ल्याएको पनि श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक गरिएका यी दुबै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीका सेल्स प्रतिनिधि श्रेष्ठले बताए ।
एक्स्ट्रिम १६० आर फोरभीको मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. २,८९,९०० र एबीएस भेरियन्टका लागि रु. ३,११,९०० तोकिएको छ ।
हीरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको हो । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा पकड जमाएको छ । चौधरी गु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूहका साथै हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १ सय ६० भन्दा बढी कम्पनी संचालन गर्ने यस समूहसँग, १५,००० भन्दा बढी कर्मचारीहरूको टिम र १ सय २३ ब्रान्डहरू रहेका छन् ।

भिडियो लिङ्क ।https://www.facebook.com/share/v/1DAPc9p4ow/

प्रतिक्रिया
सम्बन्धित समाचार थप