खगेन्द्र पराजुली,
पुस ४, नवलपुर । अनियस तामाङको ह्याट्रिक गोल सहित देवचुली १७ क्वाटर फाइनल चरण प्रवेश गरेको छ । बिहीबार देवचुली ११ पृथ्वीनगरस्थित सूर्यकिरण खेल मैदानमा भएको प्रतिस्पर्धामा देवचुली १५ प्रगतिनगरलाई ३–० गोल अन्तरले हराउँदै देवचुली १७ रातो क्वाटर फाइनल प्रवेश गरेको हो ।
हाफ अगाडी गोलरहित बराबरी रहेको प्रतिस्पर्धामा हाफ पछाडी अनियसले लगातार ३ गोल गरे । हाफ पछिको तेस्रो, छैठौं र विसौं मिनेटमा गरेको गोल सहित अनियसले ह्याट्रिक गरे । विहीबारको खेलमा अनियस नै म्यान अफ द म्याच भए । शुक्रबार देवचुली २ र देवचुली ११ सेतोवीच प्रतिस्पर्धा हुने तालिका छ ।
देवचुली ११ पृथ्वीनगरको पृथ्वी समाज सेवा क्लवले सातौं वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा आयोजित प्रतियोगितामा देवचुलीभित्रका १६ टीमको सहभागिता रहेको छ ।
नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
भिडियो समाचार लिङ्क । https://www.facebook.com/share/v/18QDQE7kBG/