खगेन्द्र पराजुली,
पुस ४, देवचुली । देवचुलीको सकलादेवी सामाजिक उद्यमी महिला सहकारी संस्थाको नवनिर्वाचित सञ्चालक समितिले पदभार जिम्मेवारी लिएको छ । सर्वसम्मत निर्वाचित समितिले बिहीबार सपथ ग्रहण सहित जिम्मेवारी लिएको हो ।
निर्वाचन समितिका संयोजक युवराज वाग्लेको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपुर उपप्रमुख सकुन्तला लम्सालको प्रमुख आतिथ्यतामा आयोजित नवनिर्वाचित सञ्चालक समिति घोषणा सभाकै शिलशिलामा सकलादेवी सहकारीकी निवर्तमान अध्यक्ष इन्दिरा वाग्लेले निर्वाचित अध्यक्ष यमकला पाण्डे भुसाललाई निर्णय पुस्तिका हस्तान्तरण सहित कार्यभार सुम्पिइन् ।
स्थापनाको १४ वर्ष पार गरेको सहकारीको चौथो नेतृत्वका लागि यमकला पाण्डे भुसालको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति सर्वसम्मत भएको हो । जसको उपाध्यक्षमा विष्णु तिवारी लम्साल, सचिवमा कुमारी विष्णु पाण्डे भण्डारी, कोषाध्यक्षमा देवु रेग्मी पौडेल र सहसचिवमा सुनिता मुग्मी मगर निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा गोमादेवी पौडेल तिमिल्सिना, सीता थापा, टीकामाया सिंजाली, बसुन्धरी रेग्मी वाग्ले, चन्द्रमाया विक, निरमाया पौडेल, भगवती पाण्डे र चन्दा पौडेल सर्वसम्मत भएका घोषणा सभामा उद्घोष गरेका निर्वाचन समितिका सदस्य ईश्वरप्रसाद रेग्मीले बताए ।
यस्तै, बसन्ती मल्ल पौडेलको संयोजकत्वमा रेनुका भुसाल र लक्ष्मी लामिछाने सिग्देल सदस्य रहेको ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन भएको हो ।
निर्वाचित चौथो नेतृत्वले निर्वाचन संयोजक युवराज बाग्लेमार्फत सपथ ग्रहण गरे । सो अवसरमा नवनिर्वाचित पदाधिकारी–सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको थियो ।
निर्वाचन समिति सदस्य रीता भण्डारी त्रिपाठीको स्वागत मन्तब्यबाट शुरु भएको घोषणा सभामा जिसस उपप्रमुख सकुन्तला लम्साल, वडा नं. ३ का अध्यक्ष होमनाथ पौडेल, सहकारी संस्थाका सल्लाहकार तिलप्रसाद पाठक र सामाजिक अगुवा कमलकान्त वाग्लेले शुभकामना भनाई राखे भने सम्मानित भएकी निवर्तमान अध्यक्ष इन्दिरा वाग्लेले धन्यवाद सहित शुभकामना मन्तब्य राखेकी थिईन् ।
भिडियो समाचार लिङ्क ।