खगेन्द्र पराजुली,
पुस ५, नवलपुर । इन्सेक नवलपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रम गरेको छ । विहीबार कावासोीस्थित जिल्ला समन्वय समितिको हलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नवलपुरले समिक्षा गरेको हो ।
समिक्षामा जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक र घटना प्रकृतिका विषयमा छलफल भएको थियो ।
समिक्षामा मानव अधिकारजस्तो संवेदनशील विषयमा सवैको जिम्मेवारी रहनुपर्नेमा जोड रह्यो । कुरिति, अन्धविश्वास, जातिय र वर्ण भेदभाव जस्ता सामाजिक कुप्रथाका कारण एकातर्फ मानव अधिकार हनन हुने गरेको टिप्पणीकार वक्ताहरुले बताए ।
समिक्षाका प्रमुख अतिथि समत रहेका जिसस नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माले राजनैतिक, सामाजिक, आर्थिक पक्षसँग जोडिएर आउने मानव अधिकार उल्लङ्घनका घटनाहरु मानव अधिकारको वकालत गर्ने सवैले सोच्नुपर्ने विषय भएको टिप्पणी गरे ।
समिक्षामा प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी जितेन्द्रजंग केसी, प्रहरी प्रतिनिधि प्रहरी निरीक्षक भानु शर्मा, ले बोलेका थिए । कार्यक्रममा नागरिक समाजको प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासघ गण्डकीका सचिव भविश्वर पाण्डे, नेपाल पत्रकार महासंघ नवलपुर अध्यक्ष विरेन्द्र पराजुली, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष तथा पत्रकार रामकुमार श्रेष्ठले विषय केन्द्रित धारणा राखेका थिए ।
जिल्लास्थित क्रियाशील पत्रकारहरुको उपस्थितिमा भएको समिक्षा कार्यक्रमको अध्यक्षता गरेका इन्सेक नवलपुर प्रतिनिधि दयाराम आचार्यले जिल्लाको संक्षिप्त स्थिति सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा जिल्लाको न्यायिक क्षेत्रको स्थिति, महिलाविरुद्ध हुने भेदभाव र दुब्र्यवहार, शिक्षा, स्वास्थ्य, वाताबारण, पानी, सरसफाई, बाल अधिकारका साथै ज्यादती, यौनदुराचारका विषयलाई वुँदागत रुपमा राखिएको छ ।