देवचुलीले गर्यो हिउँदे नगरसभा

0 Shares

खगेन्द्र पराजुली,
पुस ६, देवचुली । देवचुली नगरपालिकाले दोस्रो नगरसभाको छैटौं अधिवेशन सम्पन्न गरेको छ । हिउँदे अधिवेशन पनि भनिने सभामा प्रस्तुत प्रस्तावहरु बहुमत ध्वनिमतले पारित भएका छन् ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेद्धारा प्रस्तुत प्रस्ताव, उपप्रमुख पार्वता तिवारीद्वारा प्रस्तुत चालु वर्षको हालसम्मको प्रगति प्रतिवेदन र विधायन समितिका संयोजक एकदेव पौडेलद्धारा प्रस्तुत आर्थिक ऐनको एउटा बुँदा संशोधन प्रस्ताव नगरसभाले पास गरेको हो ।
विधायन समितिका संयोजक एकदेव पौडेलले आर्थिक ऐन २०८१ को अनुसुची १ दशमलव १ को सेवा शुल्क तथा दस्तुर क्र.सं. ५३ को मुलुकी देवानी कार्यविधी २०७४ अनुसार लिखित प्रमाणित २ हजार रुपैयाँ भएकोमा संशोधन गरि २ सय रुपैयाँ कायम गर्ने प्रस्ताव गरेका थिए ।
नगर प्रमुख न्यौपाने नगर अस्पतालका लागि औषधि खरिद फार्मेसी, ल्याव केमिकल र विविध शिर्षकमा थप सवा ४ करोड वजेट अनुमोदन गर्न प्रस्ताव गरेका थिए भने देवचुली १७ मा बन्ने ट्रमा सेन्टर निर्माण गर्न नगरपालिकाको दायित्व एक करोड ६० लाख पुरा गर्न चालु वर्षको नगर र वडाका योजना, कार्यक्रम र वजेट संसोधन गर्न प्रस्ताव गरेका थिए ।
नगरसभामा नगर प्रमुखले कवाडी करको ठेक्काका लागिन्यूनतम मुल्यांकन रकम कायम गर्ने, रजहर सामुदायिक प्राकृतिक चिकित्सालयकाृ घर नक्सापास दस्तुर, कर्मचारी प्रोत्साहन अतिरिक्त सुविधा, घर अभिलेखीकरण म्याद थप, देवचुली ९ मा बन्ने घुमाउरी ड्यामलाई राष्ट्रिय योजनामा समावेश गर्न अनुरोध गर्ने र नगर प्रहरीको विज्ञापन खोल्ने प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गरेका हुन् ।
चालु वर्षमा वसेको कार्यपालिकाको विभिन्न बैठकले गरेका निर्णयलाई अनुमोदनका लागि नगरप्रमुखले प्रस्ताव गरेका हुन् ।
नगर सभामा प्रतिनिधिमुलक सदस्यहरुले नगरप्रमुख र उपप्रमुखका प्रतिवेदन प्रस्ताव पारित गर्नुपुर्व सुझाव सहितका टिप्पणी गरेका थिए । सभासदस्यहरुले राखेका जिज्ञासा र प्रश्नको प्रमुख उपप्रमुख दुवैले जवाफ दिएका थिए ।\

https://fb.watch/wCezJJXtUF/

प्रतिक्रिया
सम्बन्धित समाचार थप