देवचुलीका होटल ब्यवसायीका लागि ड्राइभिङ तालिममा २० प्रतिसत छुट

0 Shares

खगेन्द्र पराजुली,
पुस ७, नवलपुर । देवचुली होटल ब्यवसायी संघ र देवचुली ड्राइभिङ इन्स्टिच्युटबीच छुट सम्झौता भएको छ । होटल ब्यवसायीका लागि ड्राइभिङ सीप आवश्यक भएको महसुस गरेर संस्थागत सम्झौता गरिएको होटल ब्यवसायी संघ देवचुलीले जनाएको छ ।
देवचुली होटल ब्यवसायी संघमा आवद्ध होटल ब्यवसायी, ब्यवसायीका परिवार र मजदुर कर्मचारीमा लागु हुने गरी वार्षिक सम्झौता गरिएको होटल ब्यवसाय संघका अध्यक्ष लक्ष्मण चापागाईले जानकारी दिए ।
संस्थागत रुपमा भएको सम्झौतामा २० प्रतिसत छुट कायम गरिएको छ । स्कुटर, मोटरसाइकल र जीप–कार–भ्यान चलाउन सिक्न चाहनेका लागि यो सेवा सुविधा रहेको पनि अध्यक्ष चापागाईले जनाए ।
संघले ब्यवसायीहरुको आवश्यकतालाई ध्यानमा राखेर एक वर्षदेखि अस्पतालसँग उपचार, औषधि खरिद र प्रयोगशाला सेवामा समेत छुट प्राप्तको सम्झौता कार्यान्वयनमा रहेको पनि स्मरण गराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप