खगेन्द्र पराजुली,
पुस ९, नवलपुर । पाँचौं वार्षिकोत्सवको अवसरमा कावासोती इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टले विभिन्न गतिविधि गर्ने भएको छ । पुस १४ देखि १९ गतेसम्म विद्यार्थी लक्षित हाजिरी जवाफ, वक्तृत्वकला र क्याफे व्यवसायीबीचको लाटे आर्ट लगायतका गतिविधि समेटिने कावासोती हस्पिटालिटी स्कूलका प्रिन्सिपल सुदिप चापागाईले जानकारी दिए ।
प्रिन्सिपल चापागाईका अनुसार पुस १४ गते हाजिरीजवाफ, १७ गते बक्तृत्वकला, र १८ गते लाटे आर्ट प्रतियोगिता हुनेछ ।
कावासोतीभित्रका विद्यालय लक्षित माविस्तरीय हाजिरीजवाफ, खुल्ला बक्तृत्वकला र क्याफे ब्यवसायी लक्षित लाटे आर्ट प्रतियोगिता हुने चापागाईले बताए । उनका अनुसार ‘स्थानीय संस्कृति र परिकार,ः पर्यटक आकर्षणको मुख्य आधार’ शिर्षकमा खुल्ला बक्तृत्वकला प्रतियोगिता हुनेछ भने क्याफे ब्यवसायीहरुबीचको जिल्लास्तरीय लाटे आर्ट प्रतियोगिता हुनेछ ।
हाजिरीजवाफ र वक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार ५ सय, द्वितीय हुनेलाई पाँच हजार ५ सय नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ भने लाटे आर्टतर्फ प्रथम हुनेलाई नगद ५ हजार र दोस्रो हुनेलाई नगद ३ हजार, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने चापागाईले वताए ।
अदक्ष युवालाई दक्ष बनाउदै आत्मनिर्भर बनाउने उदेश्यका साथ स्थापित संस्थाले कावासोतीमा सामाजिक उत्प्रेरणामूलक नौलो कार्यक्रम गर्न लागेको चापागाईले जानकारी दिए ।