खगेन्द्र पराजुली
पुस ११, देवचुली । देवचुली ९ बिशालटारस्थित कालिका माविले विविध गतिविधि सहित ४१ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ । पुस १४ गते आइतबार परेको विद्यालयको ४१ औं स्थापना दिवस एवं अभिभावक दिवसका अवसरमा विभिन्न गतिविधि सहित समारोह हुने कालिका माविका प्रधानाध्यापक नवराज घिमिरेले जानकारी दिए ।
नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा हुने ४१ औं वार्षिकोत्सव समारोहमा कालिका माविबाट निबृत्त भएका पूर्व प्रधानाध्यापक रेशम कोइरालाको विदाई, विद्यार्थीद्वारा प्रकाशित कालिका बाल प्रतिभा वुलेटिनको प्रथम संस्करण बिमोचन गरिने बताए ।
यस्तै, वार्षिकोत्सवको पूर्र्वाद्र्धमा शुक्रबार र शनिबार विद्यार्थी लक्षित विभिन्न खेलकुद र बौद्धिक प्रतियोगिताहरु हुने प्रधानाध्यापक घिमिरेले बताए ।
विद्यालयको ४१ औं स्थापना दिवसको अवसरमा विद्यालयको वृत्तिबिकासमा सहयोग पुर्याउनुभएका महानुभावहरु, विद्यालयमा सञ्चालित धान्याचल सहितको महायज्ञमा सम्मान हुन छुटेका दाता सम्मानका कार्यक्रमहरु रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसालले जानकारी दिएका टन् ।
यस्तै, अगिल्ला दुई दिन अभिभावक लक्षित प्रतियोगितात्मक रमाइला खल गतिविधिहरु हुने अध्यक्ष भुसालले बताए ।
आइतबार हुने मञ्चीय समारोहमा विद्यार्थी, शिक्षकका विभिन्न साँस्कृतिक–सांगितक–नृत्य प्रस्तुति, शैक्षिक छात्रवृत्ति, अक्षयकोष छात्रवृत्ति, शैक्षिक तथा खतिरिक्त क्रियाकलापका उत्कृष्ट छनोट विद्यार्थी पुरस्कार, शिक्षक–कर्मचारी सम्मान लगायतका अन्य कार्यक्रमहरु समावेश रहेको विद्यालयले जनाएको छ ।