एमाले नवलपुर प्रचार विभागद्वारा निर्वाचित पत्रकार सम्मानित

0 Shares

पुस १४, कावासोती ।
नेकपा एमाले नवलपुर जिल्ला प्रचार तथा प्रकाशन विभागले नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित प्रेस चौतारीमा आवद्ध सदस्यलाई सम्मान गरेको छ ।
गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको विभिन्न पदमा निर्वाचित प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपुरमा आवद्ध सदस्यहरुलाई पार्टी कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सम्मान गरेको हो ।
नेकपा एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख सागर पोख्रेलको अध्यक्षता तथा एमाले नवलपुर जिल्ला अध्यक्ष एवम् संविधान सभा सदस्य जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष यमुनाथ आचार्य , जिल्ला सचिव भीमलाल कण्डेल लगायतको उपस्थित रहेको थियो ।
सम्मान कार्यक्रममा वोल्दै पार्टीका जिल्ला अध्यक्ष जीवन कुमार श्रेष्ठले सत्य तथ्य समाचारबाट सुसुचित हुन पाउने आम नागरीकको अधिकारलाई चौतारीका पत्रकारहरुले विश्वसनीय पत्रकारीतामार्फत बाहिर ल्याउनुपर्ने बताए । पार्टी अध्यक्ष श्रेष्ठले एमालेले नेतृत्व गरेका जिल्लाका ६ वटै पालिकामा भएका लोकप्रिय र जनमुखी कार्यहरुको प्रचार प्रसार र जिल्लाको समग्र योजनामा पार्टीले खेलेका महत्वपूर्ण भूमिकालाई सञ्चारका माध्यमबाट नागरीक तहसम्म सुचित गर्न पनि आग्रह गरे ।
प्रेस चौचारी नवलपुरका सचिव तिर्थ डुम्रेको सञ्चालन तथा उपाध्यक्ष दयाराम आचार्यको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रेस चौतारी नवलपुरका अध्यक्ष समेत रहेका पत्रकार महासंघ नवलपुरका नवनिर्वाचित उपाध्यक्ष शालिकराम कोइरालाले महासंघमा चौतारीको स्थिति, निर्वाचनमा गुमेका अवसर र प्राप्त उपलब्धि र आकर्षण घटेको मूलधारको पत्रकारिताप्रति आकर्षण जगाउन पार्टीले खेल्नुपर्ने भूमिका सहितका धारणा राखेका थिए ।
मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट चौतारीका जिल्ला अध्यक्ष शालिकराम कोइरालाको नेतृत्वमा कोषाध्यक्ष अशिष गुरुङ, सहसचिव ज्ञानु पंगेनी र सदस्यहरुमा खगेन्द्र पराजुली, राजु चापागाई, लोकनाथ पंगेनी, खेमनारायण महतो र राम सुनारले प्रतिनिधित्व गरेका छन् । यस्तै, चौतारीबाटै केन्द्रिय पार्सदमा सागर पोख्रेल, प्रदेश सचिवमा भविश्वर पाण्डे, प्रदेश पार्सदमा दिपक शर्मा, दयाराम आचार्य, तिर्थ डुम्रे, माधव भुसाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप