शास्वतधाममा पहिलोपटक महाकाली र नागचा नाच हुने

0 Shares

खगेन्द्र पराजुली,
पुस २६, नवलपुर । नवलपुरमा पहिलोपटक भक्तपुरका नेवारी समुदायमा प्रचलित महाकाली र नागचा नाच देखाईने भएको छ । नवलपुरको शास्वतधाममा उपत्यका बाहिर पहिलोपटक महाकाली र नागचा नाच देखाईने भएको हो । भक्तपुरका नेवारी समुदायले संरक्षण गर्दै आइरहेको साँस्कृतिक जात्रासँग जोडिएका यि दुबै नाच भक्तपुरकै साँस्कृतिक टोलीले प्रस्तुत गर्नेछन् ।
शास्वतधाममा ५० लाख दर्शनार्थी भित्रिएको अवसर पारेर आयोजित विविध कार्यक्रममा प्रस्तुत गरिने साँस्कृतिक जात्राले नेपाली मौलिक कला संस्कृतिको प्रचार–प्रसार र महत्वलाई उजागर गर्ने विश्वास गरिएको शास्वतधाम ब्यवस्थापन पक्षको दावी छ ।
नेवारी लोकबाजा, भेषभूषा र पहिरनमा सजिएर समूहमा नाचिने महाकाली र नागचा दुइवटै नाच मध्यपुर ठिमीका प्रसिद्ध साँस्कृतिक नाच हुन् । दैवी शक्तिको प्रभावले नकारात्मक शक्तिलाई निस्तेज पारी राम्रो हुन्छ भन्ने मान्यता र विश्वासका साथ पुर्खाका पालादेखि पुस्तान्तरण हुदै आएको सास्कृतिक जात्राका रुपमा यि नाचहरुलाई लिने गरिन्छ ।
एउटै जात र समुदायमा पनि फरक फरक स्थान अनुसार भिन्न भिन्न साँस्कृतिक जात्रा, झाँकी, गीत र नृत्य लोकप्रिय रहेकोले ति सास्कृतिक विधालाई फराकिलो दायरामा पुर्याउन मदत पुग्ने शास्वतधाममा आयोजित कार्यक्रमका कार्यक्रम संयोजक घनश्याम चालिसेले विश्वास लिएका छन् ।
यसले यहाँका नेवारी समुदायमा प्रसिद्ध साँस्कृतिक पक्ष र काठमाण्डौ उपत्यकाभित्र प्रख्यात जात्रा सहितका साँस्कृतिक पक्षहरुको सिकाइ, बुझाइ र अभ्यास हुने जसका कारण त्यस्ता साँस्कृतिक गतिविधिको महत्व अझ बढ्नुका साथै प्रवद्र्धनमा टेवा पुग्ने बिश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप