दोस्रो पिप्रहर माघी मेलाको भलिवल उपाधि उचाल्यो देवचुली ९ ले

0 Shares

 

खगेन्द्र पराजुली, माघ २, नवलपुर ।  दोस्रो पिप्रहर माघी मेलामा खेलाइएको भलिवल प्रतियोगिताको उपाधि देवचुली- ९ ले उचालेको छ। तिन दिने माघी मेलाको अन्तिम दिन बुधवार भएको फाइनल प्रतिस्पर्धामा मध्यविन्दुको भलिवल टीमलाई हराउँदै देवचुली-९ ले उपाधि जितेको हो ।

देवचुलो-९ ले ३-१ सेट अन्तरले जित निकालेको हो। लगातार २ सेट जितेको देवचुली – ९ लाई मध्यविन्दुले तेस्रो सेटमा हराएको थियो । चौथो सेटमा पुनः देवचुली ९ ले जित्दै दोस्रो पिप्रहर माघी मेला-२०८१ भलिवल प्रतियोगिताको विजेता वन्यो ।

प्रतियोगिताको विजेता देवचुली-९ ले ४० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने फाइनल प्रतिस्पर्धाको उपविजेता मध्यविन्दुले दोस्रो पुरस्कारमा चित्त बुझाउनु पर्यो । मध्यविन्दुले दोस्रो पुरस्कार २५ हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।.

पुस २९ गते देखि सञ्चालित दोस्रो पिप्रहर माघी मेलाको भलिवल प्रतियोगितामा नवलपुर जिल्लाका  विभिन्न ठाउँबाट भाग लिएका १६ टीमले खेलेका थिए ।

माघी मेला समापन समारोहका प्रमुख अतिथि देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने‌ले फाइनल खेल खेल्ने प्रतिस्पर्धी खेलाडीलाई खेलस्थलमै पुगेर शुभकामना दिएका थिए । समापन समारोहकै अवसरमा उत्कृष्ट  बिजेता दुबै टोलीलाई पुरस्कार हस्तान्तरण गरिएको हो ।

यस्तै, मेलाकै अवसर‌मा आयोजित लोक गीत गायन र नृत्य प्रतियोगिताका उत्कृष्ट विजेता पनि पुरस्कृत भएका छन् ।

अन्तर आम समूहवीचको लोकगीत गायन प्रतियोगितामा देवचुली-१७ को शितलटोल, १६ को प्रगति र १७ कै महिला जागरण आमा समूहले क्रमश: प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।

यस्तै अन्तर माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा अमर बोर्डिङ स्कूल प्रथम, नेपाल मावि दोस्रो र देवचुली माविले तृतीय स्थान प्राप्त गरे ।

गायन तथा नृत्यतर्फ  उत्कृष्ट हुन सफल भएका आमासमुह र विद्यालय ले क्रमशः ११ हजार १ सय ११, ७ हजार ७ सय ७७ र ३ हजार ३ सय ३३ रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र पाएका छन् ।

गायन प्रतियोगितामा देवचुली-१६ र १७ का ५ आमा समूहले प्रतिस्पर्धामा भाग लिएका थिए भने नृत्यतर्फ देवचुलीभित्रका ५ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धामा प्रस्तुति राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार थप