खगेन्द्र पराजुली,
पुस ९, देवचुली । मध्यनेपाल साकोषले ४ वटा सेवाकेन्द्रको संयुक्त ईकाई साधारणसभा दलदलेमा सम्पन्न गरेको छ । सोमबार परोपकार, शुभकामना, देवचुली र दिब्यपुरी ४ वटा सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्यको उपस्थितिमा संस्थाको पाँचौ वार्षिक साधारणसभा भएको हो ।
परोपकार सेवाकेन्द्रका संयोजक शेरबहादुर केसीको अध्यक्षता, देवचुली सेवाकेन्द्रका संयोजक रेशमलाल चापागाईको स्वागतमा भएको संयुक्त ईकाई सभाको सञ्चालन दिब्यपुरी सेवाकेन्द्रका संयोजक अनिल बस्ताकोटीले गरेका थिए ।
साकोषका केन्द्रीय सञ्चालक समिति अध्यक्ष तुलमणी पौडेलको कार्यसम्पादन प्रतिवेदन, सचिव डिलाराम पाण्डेको बैठक–निर्णयको प्रगति प्रतिवेदन, कोषाध्यक्ष जगन्नाथ अर्यालको वित्तीय विवरणको प्रतिवेदन र लेखा संयोजक अञ्जु लुईटेलले वित्तीय सुसासन सहितका असल अभ्यासको निरन्तरता र सुधार गर्न आवश्यक पक्षमा सुझाव–टिप्पणी सहितको प्रतिवेदन सभामा पेश गरेका थिए ।
प्रतिवेदन प्रस्तुतिपछि बोलेका सभाका प्रमुख अतिथि देवचुली नगर प्रवक्ता एवं वडा नं. ११ का अध्यक्ष तिलप्रसाद काफ्लेले सहकारी शब्दले मात्रै तर्सिनुपर्ने बेलामा मध्यनेपालका शेयर सदस्य–बचतकर्ताको पैसा सुरक्षित रहेको बताए । उनले नगरपालिकामा सहकारी हेर्ने कर्मचारी सहितको इकाइ पनि भएकाले नगरभित्रका सवै खालका सहकारीको वेला–बेलामा वित्तीय स्थितिको सुपरिवेक्षण गरिरहेको बताए । यहाँका बचत तथा ऋण, सामाजिक उद्यमी, साना किसान, दुग्ध बिकास, महिला बहुउदेशीय जस्ता सहकारीहरुको वित्तीय तथा भौतिक स्थिति मजवुत रहेको उनको भनाई थियो । कृषि उपजतर्फको उत्पादन, भण्डारण, प्रशोधनसँग सम्वन्धित सहकारी संस्थाहरुलाई प्रवद्र्धन गर्नतर्फ नगरपालिका केन्द्रित रहेको काफ्लेले बताए ।
साधारणसभामा जिल्ला सहकारी संघ नवलपुरका सचिब मेघराज पौडेल, जिल्ला बचत संघका सचिव देवराज पौडेल, सह–सचिव नारायण प्रसाद पौडेल, दिब्यज्योति महिला उधमी समुहकी अध्यक्ष धर्मा न्यौपाने लगायतले बोलेका थिए ।
भिडियो लिङ्क समाचार यहाँ छ । https://devbhumikhabar.com/news/920