देवचुलीका ब्यवसायीको अधिवेशनः खुला सत्र सकियो, अधिवेशनको जिम्मा निर्वाचन समितिलाई

0 Shares

खगेन्द्र पराजुली ।
जेठ २३, देवचुली । देवचुली उद्योग बाणिज्य संघको नवौ साधारण सभा खुला सत्र सकिएको छ । दलदलेस्थित संघको सभाहलमा खुल्ला सत्र सकिएको कार्यक्रम नयाँ नेतृत्व चयनका लागि बन्द सत्रमा प्रवेश गरेको छ ।
संघका अध्यक्ष सूर्यप्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्य लगायत ब्यवसायीका स्थानीय, प्रदेश, केन्द्रीय नेता प्रतिनिधिहरू बोलेका थिए ।
महासंघका उपाध्यक्ष बैद्यले बर्तमानमा ब्यवसायीका चुनौती, महासंघले गरेका प्रयन्त र सरकारसँग गरिएका अपेक्षा सहितका भनाई राखेका थिए ।
उद्घाटन सत्रमा जनप्रतिनिधिका हैसियतमा देवचुली नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्लेले शुभकामना भनाई राख्दा करीव दुई दर्जन ब्यवसायी अगुवाहरूले बोलेका थिए ।
महासचिव विनोद सिलवालको सञ्चालनमा भएको उद्घाटन सत्रमा वाणिज्य उपाध्यक्ष नारायण प्रसाद पौडेलले स्वागत गरेका थिए ।
खुला सत्रमा अध्यक्ष सूर्य प्रसाद दवाडीले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप