देवचुली वडा कपः वडा नं. ७ क्वाटर फाइनल प्रवेश, भोलि सोमबार १ र १७ रातो सेमीफाइनलका लागि भिड्ने

0 Shares

खगेन्द्र पराजुली,
पुस ७, देवचुली । देवचुली ११ मा सञ्चालित फुटबल प्रतियोगिताको आज आइतबार भएको खेलमा वडा नं. ७ ले जित निकालेसँगै पहिलो समीकरण पूरा भएको छ । देवचुली ५ र ७ बीच भएको खेलमा वडा नं. ७ ले ५ सँग ४–० गोल अन्तरले जित निकाल्दै क्वाटर फाइनल चरण प्रवेश गरेको हो ।

वडा नं. ७ को जितका लागि प्रकाश क्षेत्री र सुदन बरालले २–२ गोल गरे ।
आइतबारको खेलमा  वडा नं. ७ का प्रकाश क्षेत्री म्यान अफ द म्याच भए  ।
योसँगै, सातौं देवचुली वडास्तरीय नाइन ए साइड फुटबल कप प्रतियोगिताको पहिलो छनोट चरण समीकरण पुरा भएको छ । १६ टीम सहभागी रहेको प्रतिस्पर्धाबाट ८ टोली क्वाटर फाइनल प्रवेश गरेका छन् । भोलि सोमवारदेखि हुने क्वाटर फाइनलमा देवचुलीका वडा नं. १ र वडा नं. १७ रातो, वडा नं. १६, वडा नं. १०, वडा नं. ११ रातो, वडा नं. १३, वडा नं. ११ सेतो र वडा नं. ७ ले प्रवेश गरेका छन् ।

जस अनुसार भोलि ८ गते सोमबार देवचुली १ र देवचुली १७ रातोबीच खेल हुनेछ भने ९ गते मंगलबारः देवचुली १६ र देवचुली १० बीचको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यस्तै, १० गते बुधबार देवचुली १३ र देवचुली ११ रातो खेल्नेछन् भने अन्तिम क्वाटर फाइनल ११ गते बिहीबारः देवचुली ७ र देवचुली ११ सेतोबीच हुने खेल तालिका रहेको छ ।

देवचुली ११ पृथ्वीनगरको पृथ्वी समाज सेवा क्लवले आयोजना गरेको प्रतियोगिता सूर्य किरण खेल मैदानमा पुस १ गतेदेखि चलिरहेको छ । क्लवको ३१ औं वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय रामबीर पुलामीको स्मृतिमा आयोजित प्रतियोगिता पुस १५ सम्म चल्नेछ ।
नाइन ए साइड प्रतियोगितामा प्रथम पुरस्कार नगद ६१ हजार १ सय ११ रुपैयाँ र दोस्रो पुरस्कार नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था रहेको छ । भिडियो समाचार लिङ्क । https://www.facebook.com/share/v/1CkYjReu9G/

 

प्रतिक्रिया
सम्बन्धित समाचार थप