अमर ज्योतिले गर्यो एसइइ उतीर्ण विद्यार्थीलाई सम्मान, बधाई शुभकामना कार्यक्रम

0 Shares

मित्र खरेल, असार २४ ।
गैंडाकोट । गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले शिक्षक, अभिभावक र विद्यार्थीको सकारात्मक लगावले शैक्षिक उपलब्धिमा पनि राम्रो नतिजा निस्कने दावी गरे ,। आइतबार गैडाकोट १७ को अमरज्योति माविमा पुगेका नगर प्रमुख अधिकारीले अमर ज्योतिमा संख्यामा विद्यार्थी थोरै भए पनि विद्यालयले प्राप्त गरेको उपलब्धिले गुणात्मक रुपमा अन्य विद्यालयलाई सन्देश दिएको बताए ।
एसइइमा उतीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकारीले जिल्लामै सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा आउँदा पनि विद्यार्थी संख्याको कारणले मापदण्डमा नपरे पनि प्राप्त नतिजालाई ब्यवहारिक रुपमा स्वीकार्नुपर्ने बताए ।
उनले बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कन्ज्युस्याई नहुने प्रतिबद्धता जनाए ।
विद्यालय ब्यवस्थापन समितका अध्यक्ष गोवद्र्धन ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १६ र १७ का अध्यक्षद्धय विनोद कुमार मल्ल र गोपी कण्डेलले अवको शिक्षाले विद्यार्थीको भविश्यको गोरेटो समात्ने भएकाले सोही अनुसार मेहनत, लगनशील र अनुशासित भएर अध्ययनलाई निरन्तरता दिनुपर्ने भनाई राखे ।
अमर ज्योति माविबाट ८० सालको एसइइमा सहभागी ४० मध्ये ३६ जना अर्थात ९० प्रतिसत विद्यार्थी पास भएका थिए । शिक्षा नीति अनुसार विद्यार्थी संख्या ५० भन्दा कम भएको भन्दै ८२ प्रतिसत ल्याृने विद्यालय उत्कृष्ट बनेको थियो ।
सोही कार्यक्रममा गैंडाकोट १७ की शोभा रानाभाट खत्रीले विद्यालयले छनोट गरेका १२ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिन् । शोभाले जनही १ हजार रुपैंया बरावरको कुल १२ हजारको शैक्षिक सामग्री प्रदान गरेकी विद्यालयका प्रधानाध्यापक दुर्गादत्त सापकोटाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप