अरूणखोलाको बनमा भेटियो मरेको बाघ

0 Shares

मध्यबिन्दु । नवलपुरमा एउटा भाले बाघ मृत अवस्थामा भेटिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका १० अरुणखोलाको बनमा भाले बाघ मृत भेटिएको नवलपुरका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

बाघ आफै मरेको हो कि मारिएको हो भन्ने एकिन भइसकेको छैन । तर डिभिजन वन अधिकृत अर्जुन सापकोटाले भने बाघ कालगतिले नै मरेको हुन सक्ने बताए ।

अनुसन्धानका लागि प्रहरी र डिभिजन वन कार्यालय कावासोतीको टोली घटना स्थल जाँदै गरेको प्रहरी नायव उपरिक्षक पौडेलले बताए । बाघको अवस्था हेर्दा केही दिन पहिले नै मरेको हुन सक्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप