सामग्री हटाइएको

0 Shares

प्रेस काउन्सिल नेपालको पत्र संख्या २०८०/८१ को चलानी नं. ९६० मा प्रेषित पत्रको आयश अनुसार यहाँ प्रकाशित समाचार सामग्री “मिटरब्याज पिडित र अपहरणको सूचना दिएर प्रहरीलाई नै छक्काउने कावासोतीका एक व्यक्ति पक्राउ” शिर्षकको समाचार माथी परेको उजुरी र गुनासोको प्रकृति खुलाउन भनिए अनुसार समाचार जिल्ला प्रहरी कार्यालय नवलपुरले प्रेस मिट मार्फत गराएको जानकारीको आधारमा लेखिएको/तयार पारिएको सत्य र तथ्य समाचार प्रकाशित भएको हो । तसर्थ, समाचार कै सन्दर्भमा थए अनुगमन वा भेरिफाईका लागि प्रहरी कार्यालयमा बुझि सत्य-तथ्यको गहिराईमा पुग्न आग्रह गर्दछु। यस्तै, अनुगमनका क्रममा प्रेस काउन्सिलमा अनलाइन सुचीकरण नभएको पाइएको विषयमा पूर्ण मिडिया एण्ड इभेण्ट्स गृहद्वारा सञ्चालित देवभूमी खवर डट कम सूचना तथा संचार विभागमा कागजात प्रक्रियामा रहेको र तत्‌पश्चात् अविलम्ब प्रेस काउन्सिलमा सूचीकरणको परिधिमा रही प्रेससँग सम्बन्धित आचार संहिताको सम्मान गर्दै मर्यादित पत्रकारिताको मूलमन्त्र अनुसार कार्य सम्पादन गरिने विश्वास दिलाउन चाहन्छौ । अन्तमा, तहाँ कार्यालयवाट प्रेषित पत्रको आयश अनुरुप नै उजुरी/गुनासोमा उल्लेखित शिर्षकको समाचार हटाइएको समेत जानकारी गराइन्छ ।

सम्पादक

प्रतिक्रिया
सम्बन्धित समाचार थप