सुनवलको चिनी मिल अगाडी सडकमा भेएिएका मानिस मृत पुष्टि

0 Shares

असोज ११, नवलपरासी ।
सुनवल चिनी मिल अगाडी बेवारिसे शव फेला परेको छ । सुनवल नगरपालिका वडा नं. १ मा रहेको चिनी मिलको अगाडी राजमार्ग किनारमा अन्दाजी ३०–३१ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय सुनवलको सञ्चार शाखाले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बिहीबार साँझ बेहोस अवस्थामा मानिस भेटिएका थिए । उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याए पनि डाक्टले मृत्यु पुष्टि गरेका हुन् ।
मृतकको सनाखत हुने गरी पुष्ट जानकारी नभएको र अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । घटनास्थल वरपर बुझ्दा उनी देवचुलीको दलदलेका परियार या नेपाली यस्तै थरका भएको स्थानीयले बताएका जनाईएको छ ।
अहिले मृतकको शव पहिचानको पाटोमा सुनवल प्रहरीको सञ्चार शाखा खटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप